
विराटनगर । सप्तकोशी नदीमा आज यस वर्षकै उच्च वहाव मापन भएको छ । केही दिनको निरन्तर बर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।
पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीमा बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।
गत साउन ३२ गते कोशी नदीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पूर्वका अधिकांश क्षेत्रमा बर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।