ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्याङ गाउँपालिका–५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर छिन् ।
ओखलढुङ्गा सदरमुकामबाट हर्कपुरतर्फ जाँदै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गंभीर घाइते भएकी थिइन् । स्थानीय मिसन अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
मोटरसाइकल र चालक स्थानीय २१ बर्षीय रेवत बहादुर पुलामी मगरलाई प्रहरी चौकी मानेभन्ज्याङले नियन्त्रणमा लिएको छ ।