संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

उदयपुर । उदयपुरमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा पुरिएर कटारी नगरपालिका–२ मिलन चौकका पोष्ट बहादुर मगरका ७ बर्षीय छोरा कर्णको मृत्यु भएको हो ।

घरदेखि करिव ४०० मिटर टाढा रहेको खहरे खोलामा खेल्ने क्रममा माथिबाट पहिरो झर्दा पुरिएर उनी गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि कटारी अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!