
खोटाङ । खोटाङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी ४२ बर्षीया पार्वती राई छन् ।
शुक्रबार साँझ ५ बजे स्थानीय खुरीखोला जंगलमा घाँस काट्ने क्रममा उनी भीरबाट लडेकी थिइन् । भीरबाट करिव ३० मिटर तल खस्दा उनी गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हलेसीतर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।