संगालोखबर सम्बाददाता

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित झारासादीबाट प्रतिबन्धित औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २० बर्षीय उमेश धिमाल छन् ।

Advertisement

गएराती १२ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले धिमालको घरमा खानतलासी गर्दा उनी सुत्ने कोठाबाट प्रतिबन्धित औषधी फेला पारेको हो ।

उनको कोठाबाट ट्रामाडोल–५७५ ट्याब्लेट र स्पास्पेन–५७० ट्याब्लेट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!