
विराटनगर । विराटनगरमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर महानगरपालिका–१८ खोक्साहाका २८ बर्षीय पप्पुकुमार मण्डल छन् ।
दिउँसो ११ बजे विराटनगर–१७ स्थित रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लाग्दा मण्डल घाइते भएका थिए । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट टोली घटनास्थल गएर थप अनुसन्धान गरिरहेको छ ।