
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिम्लेमा आज ढुंगाले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका–१ का ४४ बर्षीय खगप्रसाद तामाङ छन् ।
दिउँसो साढे १ बजे उनी सानीमा हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ठूलो ढुंगा झरेको थियो । ढुंगाले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार उनी सोही हाईड्रोपावरमा खाना पकाउने काम गर्दै आएका थिए ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल गएको छ ।