संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रेस्थित सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

Advertisement

प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले भवन निर्माणले पठन–पाठनमा सहजता मिल्ने बताए । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले पठन–पाठनमा थप सहजता प्रदान गर्न नगरपालिकाले भवन निर्माणमा सहयोग गरेका बताए । उनले शैक्षिक क्षेत्रको विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।

कार्यक्रममा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारी, शिक्षा समन्वय इकाइका प्रमुख मोहन राई लगायतले शैक्षिक क्षेत्रको विकासले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए ।

महालक्ष्मी नगर प्रमुख नेपालले २०७६ जेठ १९ गते सो विद्यालय भवनको शिलान्यास गरेका थिए । महालक्ष्मी नगरको १६ लाख आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । सो विद्यालयमा ७४ जना विद्यार्थी अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!