संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको दमक र भद्रपुरमा १५/१५, मेचीनगरमा १२, शिवसताक्षीमा ११, विर्तामोडमा १०, कनकाईमा ९, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ५, गौरादह र बाह्रदशीमा ३/३ , बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा २/२ जना संक्रमित भएका छन् । त्यस्तै मोरङको विराटनगरमा ३४, बेलबारीमा १७, सुन्दरहरैचामा ६, उर्लाबारीमा ५, बुढीगंगामा ३, कानेपोखरीमा २, पथरीशनिश्चरे, ग्रामथान, केराबारी, कटहरी, रंगेली र मिक्लाजुङमा १/१, सुनसरीको इटहरीमा ३०, धरानमा २१, इनरुवामा ३, दुहवीमा २, बराहक्षेत्र, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, इलामको इलाम नगरपालिकामा ६, देउमाई र रोङमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर जोरपाटीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!