संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको आज अनुगमन गरेका छन् ।

Advertisement

मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आईसीयु, एसडीयू बेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक र स्वाथ्यकर्मीसँग जानकारी लिएका हुन् । उनले कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउँन र कुनै गुनासो नआउने गरी काम गर्न निर्देशनसमेत दिए ।

कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको जानकारी गराएका छन् । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्ने गरी व्यवस्थापन मिलाउन निर्देशन दिए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालमा आईसीयु, एसडीयू, भेन्टिलेटरसहित ९६ बेड रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!