संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

झापा । झापाको कमल गाउँपालिका–५ आदीबासी रंगशाला अगाडि पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सर्लाहीको भक्तिपुर गाउँपालिका–३ ईश्वरपुर घर भई सोही स्थानमा बस्दै आएका लोहरा कापरीका ४ बर्षीय छोरा मानव छन् ।

दिउँसो साढे ११ बजे पश्चिम आउँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

पिकअप र चालक मकवानपुरको हेटौडा नगरपालिका–११ का २४ बर्षीय अजय पाख्रिनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!