विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २/२, ताप्लेजुङ र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।
झापाको विर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०/१०, बुद्धशान्ति र कमल गाउँपालिका ९/९, बाह्रदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २/२, रतुवामाई र लेटाङमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा ३/३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १/१, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २/२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको हो ।
यता, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङलुङमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा आज ३८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ८ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।