संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवा चोकस्थित पूर्व पश्चिम राजमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोटरसाइकल चालक सप्तरीको महादेवा–६ का ३५ बर्षीय रामनाथ मण्डल छन् ।

Advertisement

पश्चिमतर्फ जाँदै गरेको प्र २ –०३–००१ च ३००७ नम्बरको पिकअपले बिपरित दिशाबाट आउँदै गरेको प्र २ –०१–००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मण्डल गंभीर घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार रहेका सप्तरीको हुनुमान कंकालिनी–११ का १९ बर्षीय सन्तोष कुमार मण्डल घाइते भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने पिकअप र चालक सर्लाहीको बर्छवा–९ का २३ बर्षीय अंशकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!