प्रदेश १ मा थपिए ६३९ कोरोना संक्रमित
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा ३/३, पाँचथर, सोलुखुम्वु र संख...























