प्रदेश १: एमाले संसदीय दलको नेतामा भीम आचार्य

प्रदेश १: एमाले संसदीय दलको नेतामा भीम आचार्य

विराटनगर । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएका हुन् । ।  मुख्यमन्त्री राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाएको र आजै मुख्यमन्त्रीमा नियुक्तिका लागि प...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने, भीम आचार्य मुख्यमन्त्री बन्ने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने, भीम आचार्य मुख्यमन्त्री बन्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मुख्यमन्त्रीबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री राईले आज विहान ११ बजेका लागि दलको बैठक बोलाइसकेका छन् । बैठक संसद सचिवालयस्थित एमाले संसदीय दलको बैठक हलमा बस्ने जनाइएको छ । सोही बैठकमा राईले दलको नेताबाट राजीनामा दिने र भीम आचार्यलाई दलको नेता चयन गरिने तयारी गरिएको छ । नेता चयनपछि मुख्यमन्त्री राईले प्रदेश प्रमुख समक्ष राजीनामा दिने, रा...
प्रदेश १ मा थपिए ६११ कोरोना सक्रमित

प्रदेश १ मा थपिए ६११ कोरोना सक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिए...
विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान–६ का २० बर्षीय निखिल राय छन् । लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरेका हो । पक्राउ परेका रायका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटामा सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेको भन्दै विरोध प्रदर्शन

धनकुटामा सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेको भन्दै विरोध प्रदर्शन

धनकुटा । सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै मंगलबार नेकपा एमालेका नेता, कार्यकर्ताले धनकुटामा विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्रीलाई सूर्य बहादुर थापा प्रतिष्ठानको नामबाट सुनिल बहादुर थापा मार्फत नेपाली कांग्रेसको नाम र चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै विरोध प्रदर्शन गरिएको हो । धनकुटा...
प्रदेश १ः कोरोनाबाट १३ जनाको मृत्यु, ६११ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट १३ जनाको मृत्यु, ६११ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २/२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा स...
पाँचथरमा मलामी गएर फर्कने क्रममा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथरमा मलामी गएर फर्कने क्रममा भीरबाट लड्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फिदिम नगरपालिका–८ घलेगाँउका ६५ बर्षीय पदम बहादुर राई छन् । सोमबार साँझ साढे ७ बजे उनी मलामी गएर घर फर्कदै थिए । सोही क्रममा फिदिम–१४ बाँसबोटेमा रहेको भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार भीरबाट करिव १०० मिटर तल मृत अवस्थामा राईलाई उनकै छोराले फेला पारेका थिए । घटनास्थलमा प्...
विराटनगरका हरिमोहनले गरे ९० औं पटक रक्तदान

विराटनगरका हरिमोहनले गरे ९० औं पटक रक्तदान

विराटनगर । विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले रक्तदान गरेका हुन् । आइतबार राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भा“चिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटि...
अधिकार सुनिश्चितताको माग गर्दे तेस्रोलिङ्गीले निकाले र्याली

अधिकार सुनिश्चितताको माग गर्दे तेस्रोलिङ्गीले निकाले र्याली

विराटनगर । सामाजिक उपेक्षा सहन गर्दै आएका तेस्रोलिङ्गीहरुले पूर्ण अधिकार सुनिश्चितताकोे माग गर्दै र्याली निकालेका छन् । एक वर्षयता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीहरुले र्याली निकालेका हुन् । विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट निस्किएको र्याली बसपार्क, महेन्द्र चौक र ट्राफिक चौक हुँदै संसारी माईस्थान पुगेर समापन भएको थियो । र्यालीक...
प्रदेश १ः कोरोनाबाट १८ जनाको मृत्यु, ४२१ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट १८ जनाको मृत्यु, ४२१ जनामा संक्रमण, ३१२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रम...
इलाममा करेन्ट लाग्दा महिलाको मृत्यु

इलाममा करेन्ट लाग्दा महिलाको मृत्यु

इलाम । इलाममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रोङ गाउँपालिका–६ सलकपुरकी ५० बर्षीया मैस्याङ तामाङ छन् । घाँस काट्नका लागि विद्युतको लाइनमा मेसिन जोड्न जाँदा मेसिनमाथि राखिएको स्वईटर बेरिएको थियो । स्वईटर निकाल्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
नेकपा एमाले धनकुटाका नेता पोख्रेलको निधन

नेकपा एमाले धनकुटाका नेता पोख्रेलको निधन

धनकुटा । नेकपा एमाले धनकुटाका सल्लाहकार समिति संयोजक जीवप्रसाद पोख्रेलको निधन भएको छ । धनकुटा नगरपालिका–६ आत्मारा निवासी पोख्रेलको आइतबार साँझ निधन भएको हो । नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख भेषराज कटेलले पोख्रेलको निधन भएको पुष्टि गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एक साता अघि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानमा उपचारका...
प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ५३४ जनामा संक्रमण, ३६२ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ५३४ जनामा संक्रमण, ३६२ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । खोटाङ, सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गएराती साढे ८ बजे बालुवा लिएर जाँदै गरेको ना ५ त ६६०१ नम्बरको ट्याक्टर खोटाङको केपिलासगढी–५ भुताप्सुस्थित जंगलको भीरबाट करिव १५० मिटर तल खसेर दुर्घटना भएको छ दुर्घटनामा ट्याक्टरमा सवार स्थानीय २३ बर्षीय दिनेश राईको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक स्थानीय १९ बर...
प्रदेश १ः कोरोनाबाट १३ जनाको मृत्यु, ४७९ जनामा संक्रमण, ७३६ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट १३ जनाको मृत्यु, ४७९ जनामा संक्रमण, ७३६ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिम प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण भएको छ । ७३९ जनाको पीसीआर परीक्षणगर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ३२, लेटाङमा १...
सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया रामनगरका ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल छन् । देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टालीले चेकजा...
अस्पताल आएका बिरामीलाई झुक्याएर निजी क्लिनिक लैजाने दुई विचौलीया पक्राउ

अस्पताल आएका बिरामीलाई झुक्याएर निजी क्लिनिक लैजाने दुई विचौलीया पक्राउ

विराटनगर । विराटनगरमा सर्वसाधारणलाई दुःख र हैरानी दिएको भन्दै दुई जना विचौलीयालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ अमरटोलका १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह छन् । उनीहरुले विराटनगरका विभिन्न अस्पतालहरूमा उपचारका लागि आएका बिरामी तथा बिरामीका आफन्तलाई भेटेर ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन’ भन्दै झुक्याएर अन्य ...
ब्राउन सुगरसहित दुई युवा पक्राउ

ब्राउन सुगरसहित दुई युवा पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलामको माई नगरपालिका–६ घर भई हाल बिर्तामोडमा फार्मेसी सञ्चालन गर्ने २० बर्षीय भिष्म बुढाथोकी छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम ५१० मिलिग्राम ब्...
प्रदेश १ मा थपिए ७६९ कोरोना संक्रमित, ४८५ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ७६९ कोरोना संक्रमित, ४८५ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र तेह्रथुममा १/१ ...
झापाका तीन साहित्यकारलाई भारतीय अवार्ड

झापाका तीन साहित्यकारलाई भारतीय अवार्ड

झापा । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्याएवापत उनीहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्...
पत्रकार महासंघ धनकुटाद्वारा सल्लाहकार मनोनयन

पत्रकार महासंघ धनकुटाद्वारा सल्लाहकार मनोनयन

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले ११ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । विहिवार सम्पन्न कार्यसमितिको वैठकले पूर्व अध्यक्ष र अग्रज पत्रकारहरुलाई सल्लाहकारमा मनोनयन गरेको हो । मनोनित हुँनेहरुमा महासंघ जिल्ला शाखाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राई, पूर्वअध्यक्षहरु गोपालप्रसाद अधिकारी, विजय सन्तोषी राई, मोहन वान्तवा, खगेन्द्र प्रसाद घिमिरे, अग्रज पत्रकारहरु सिद्धराज राई, रमेशचन्द्र अधि...
प्रदेश १ मा थपिए ८१३ कोरोना संक्रमित, ५१६ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ८१३ कोरोना संक्रमित, ५१६ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टको अवधिमा प्रदेश १ मा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६/६, संखुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रम...
कोशी राजमार्ग अवरुद्ध

कोशी राजमार्ग अवरुद्ध

संखुवासभा । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ । मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीबार बिहानसम्म सडक खुल्ने प्रमुख इञ्जिन...
प्रदेश १ मा थपिए ८४१ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८४१ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५/१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २/२, ताप्लेजुङ र खोटाङमा ...
ब्राउन सुगरसहित चार युवा युवती पक्राउ

ब्राउन सुगरसहित चार युवा युवती पक्राउ

झापा । झापाको बिर्तामोडका दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह ४ बजे बिर्तामोड ५ जात्रुबारीबाट स्थानीय २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, मंगलबार साँझ करिब ५ बजे बिर्तामोड–१ चारपानेबाट प्रहरीले बिर्तामोड १ की देवी...
प्रदेश १ को नामाकरण चर्चामा मात्र सीमित, छलफलनै नगरी सकियो संसद् अधिवेशन

प्रदेश १ को नामाकरण चर्चामा मात्र सीमित, छलफलनै नगरी सकियो संसद् अधिवेशन

बिराटनगर । गत जेठ २४ गते प्रदेश सभा बजेट अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्न ढिलाइ भएकाले अब चाडै सक्ने उद्घोष गरे । बजेट अधिवेशन सुरु भएकै दिन मुख्यमन्त्री राईले ‘यही पटक प्रदेशको नामाकरणको विषयले प्रवेश पाउँनुपर्छ, नाम टुंग्याउँनुपर्छ’ भनेपछि प्रदेशबासीमा अब प्रदेशले नाम पाउँला भन्ने आशा पलाएको थियो । चार बर्षसम्म प्रदेशको नामाकरण नटुंगिएका बेला मुख्यमन्त्रीको...
विराटनगरमा कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रदर्शन, कम्पनीका सिइओ पक्राउ

विराटनगरमा कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रदर्शन, कम्पनीका सिइओ पक्राउ

विराटनगर । कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ स्थित तयारी पोशाक उत्पादन गर्ने ट्राइकोट इण्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय चाण्डोक पक्राउ परेका छन् । सिइओ चाण्डकले पटक–पटक दुर्व्यवहार गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको हो । सिइओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुव्र्यवहार गर्ने गरेको आरोप छ । त्यस्त...
प्रदेश १ मा थपिए ८६० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८६० कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । प्रद...
मोरङबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

मोरङबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित सुन्दरीचौकबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ–४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ बर्षीय बिक्रान्त अधिकारी छन् । सोमबार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्रतिबन्धित औषधी ट्रमाडोल क्याप्सुल–२८८२ र स्पास पेन ट्याब्लेट–२९२० सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...
सिटी सफारी पल्टिँदा एक जनाको मृत्यु

सिटी सफारी पल्टिँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ मा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी सोमबार साँझ करिब ५ बजे अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी सिटी सफारीमा सवार सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र–११ की २३ बर्षीय सबिना माझी घाइते भएका थिए । घाइते यदवलाई उपचारका लागि विराटनगरस्थित नोब...
झापामा तीन गुणा बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणा बढ्यो सवारी दुर्घटना

झापा । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए । आव २०७६...
error: Content is protected !!