संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय बिरेन्द्रप्रसाद चौधरीका १४ बर्षीय छोरा निशान छन् ।

Advertisement

बुधबार बेलुका ७ बजे उनी घर नजिकै रहेको चौरमा खेलेर फर्कने क्रममा चट्याङ लागेको थियो । अबिरल बर्षासँगै परेको चट्याङ लाग्दा बालक बेहोस भएका थिए ।

बालकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिव ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!