झापामा नौ वर्षीया बालिकाको हत्या, हत्या आरोपमा दिदीसहित चार पक्राउ
सुरुङ्गा (झापा) । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।
दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।
विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहर...
