- संगालोखबर सम्वाददाता

धनकुटा। राष्ट्रिय वाणिज्य बैंक धनकुटा शाखाले एटिएम सेवा सुरु गरेको छ । एटीएम सेवा सञ्चालन भएपछि धनकुटा शाखामा रहेका करिव १२ हजार खातावालालाई खाताबाट पैसा निकाल्न सहज हुने बैंकले जनाएको छ ।

धनकुटामा राष्ट्रिय वाणिज्य बैंकको यो पहिलो एटीएम हो । धनकुटा बजारमा यसअघि माछापुच्छ«े बैंकको मात्र एटीएम सेवा सञ्चालित थियो ।

Advertisement
एटीएमबाट पैसा निकाल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रवन्धक राजेन्द्र पौडेल । तस्वीर-रबिन कटेल/संगालोखबर

पूर्वाञ्चलमा राष्ट्रिय बाणिज्य बैंकको पहिलो शाखाको रुपमा २०२३ सालमा स्थापना भएको धनकुटा शाखाले स्थापनाको ५१ बर्षपछि पहिलो पटक एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

एटीएम सेवा नहुँदा बैंक खाताबाट पैसा निकाल्नका लागि आईतबारदेखि बिहिबारसम्म १० देखि ३ बजे र शुक्रवार १० देखि १२ बजे भित्र काम सक्नुपर्ने बाध्यता थियो ।

राष्ट्रिय वाणिज्य बैंकले धनकुटामा सुरु गरेको एटीएम । तस्वीर-रबिन कटेल/संगालोखबर

तर, अव सुरुवाती चरणमा बिहान ८ देखि बेलुका ८ बजेसम्म एटीएम सेवा प्रदान गरिने र केही समयपछि २४ सै घण्टा सेवा सुचारु हुने राष्ट्रिय बाणिज्य बैंक धनकुटा शाखाका प्रवन्धक राजेन्द्र पौडेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!