- सन्तोष रुचाल

धनकुटा। नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले भरतपुरमा गणना भईरहेको मतपत्र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले खाएको आरोप लगाएका छन ।

एमाले धनकुटा नगर कमिटीले हिले बजारमा सोमवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले यस्तो बताएका हुन । निर्वाचनमा हार्ने निश्चित भएपछि भोक लागेको झोकमा बौलाएर माओवादी कार्यकर्ताले गणना हुदै गरेको मतपत्र नै खाएको उनले बताए ।

Advertisement
हिलेमा आयोजित कार्यक्रममा संबोधन गर्दै भट्टराई ।

पहिलो चरणको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन पत्ता साफ भएको उल्लेख गर्दै सचिव भट्टराईले दोस्रो चरणको निर्वाचनमा हार स्वीकार गर्न नसकेर मतपत्र नै खाने काम नगर्न माओवादीलाई आग्रह पनि गरे । उनले भने–‘यदी तपाईहरुलाई दोस्रो चरणको निर्वाचनमा पनि भोक लाग्यो भने एमालेले खाना दिन्छ । तर, मत पत्र नखानुहोस् ।’

निर्वाचनमा हार्ने निश्चित भएपछि भोक लागेको झोकमा बौलाएर माओवादी कार्यकर्ताले गणना हुदै गरेको मतपत्र नै खाएको भट्टराईले बताए ।

पहिलो चरणको निर्वाचनले एमालेलाई बहुमत दिएर मुलुकको पहिलो पार्टी बनाएको उल्लेख गर्दै सचिव भट्टराईले पश्चिमबाट शुरु भएको हावाको वेग अब पूर्वतर्फ लागेको बताए ।

हिले बजारमा निश्किएको एमालेको जुलुश ।

त्यो हावाको वेगलाई नियन्त्रण गर्न सक्ने मुलुकको एक मात्र पार्टी एमाले भएकोले एमालेलाई मल भित्र उम्रिएको मुला नसोच्न सबै दललाई भट्टराईले चेतावनी पनि दिएका छन ।

एमाले भनेको सतिसाल जत्तिकै दह्रो र शसक्त पार्टी भएको उनको जिकिर छ । पार्टी प्रवक्तासमेत रहेका सचिव भट्टराईले एमाले जहिले राष्ट्रिय स्वाधिनताको पक्षमा रहेकाले जनताले एमालेलाई मुलुकको पहिलो पार्टीको रुपमा स्थापित गरेको दाबी गरेका छन ।

उनले पहिलो चरणको निर्वाचनबाट जसरी एमाले पहिलो पार्टी बन्न सफल भएको छ त्यसैगरी दोस्रो चरणको निर्वाचनमा पनि एमालेलाई बहुमतका साथ जिताउन जनतालाई आग्रह गरे ।

हिले बजारमा निश्किएको एमालेको जुलुश ।

भट्टराईले एमाले विरुद्ध देशी विदेशी शक्तिहरु गठबन्धन गरेर अगाडी बढेपनि एमालेलाई कमजोर पार्न नसकेकाले अबको निर्वाचनमा पनि एमालेलाई पहिलो पार्टी बनाउनका लागी भूमिका खेल्न कार्यकर्तालाई निर्देशन दिएका छन ।

दुई दर्जन बढी एमालेमा प्रवेश
कांग्रेस, माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका दुई दर्जन बढीलाई खाँदा र अबीर लगाएर एमाले सचिव भट्टराईले स्वागत गरेका छन । चुनावी सभाको पूर्व सन्ध्यामा हिले बजारमा ¥याली पनि निकालिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!