उर्लाबारी (मोरङ)। मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका साफीको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!