संगालोखबर सम्वाददाता

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि धनकुटाको महालक्ष्मी नगरपालिकामा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच चुनावी तालमेल हुने भएको छ ।

दुई पार्टीले चुनावी तालमेल गरेर संयुक्त उम्मेदवार बनाएका छन । संयुक्त प्यानलबाट मेयरमा कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेललाई उठाईएको छ ।

Advertisement
संयुक्त प्यानलबाट मेयर उम्मेदवार पौडेल (वाँया) र उप–मेयर उम्मेदवार निरौला (दाँया) ।

त्यस्तै उप–मेयरमा संयुक्त प्यानलबाट राप्रपाका महेन्द्र निरौलालाई उम्मेदवार बनाएर चुनावमा भाग लिने कांग्रेसले जनाएको छ ।

दुईपाटी वीच छलफल गरी उम्मेदवारको टुंगो लगाईएको हो । अन्य वडामा भने तालमेलको टुंगो लागेको छैन । ‘मुख्य पदमा सहकार्य गरेका छौ’ कांग्रेस सभापति पौडेलले भने ‘वडा स्तरमा सहमति हुन सकेमा तालमेल हुन्छ, नत्र आ–आफ्नै किसिमले अघि बढ्नेछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!