भद्रपुर। सुनसरी, धरानबाट चोरी भएको को२९प ४७८६ नंको पल्सर मोटर का चोर भनिएकाहरुलाई पक्राउ गरिएको छ ।

Advertisement

धरान नगरपालिका–१५ निवासी शङ्कर विकले मोटरसाइकल चोरी दमक नगरपालिकाका निसान राई र मनोज शङ्करको मिलेमतोमा मनराज विकलाई बिक्री गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

निज मनराजले मोटरसाइकलको नं परिवर्तन गरी चलाउँदै गरेका अवस्थामा प्रहरी निरीक्षक मिलन बस्नेतको टोलीले सोमबार अपराह्न पक्राउ गरी चोरीमा संलग्न भनिएका सबैलाई आज इप्रका, धरान पठाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!