- संगालोखबर सम्वाददाता

धनकुटा। स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा आज उम्मेदवारको घोषणा गर्दैछ ।

दिउँसो स्थानीय चुवाको बोट चौकमा कार्यक्रम आयोजना गरी नगरका सवै उम्मेदवार घोषणा गरिने कांग्रेस जिल्ला सभापति अग्नी प्रसाद पौडेलले जानकारी दिए ।

Advertisement
कांग्रेस पार्टी कार्यालय अगाडी जुलुशको तयारी गरिदै । तस्वीर-संगालोखबर

उनका अनुसार घोषणा सभा अघि बजारमा झाकीसहितको जुलुश प्रदर्शन गरिनेछ । धनकुटा नगरमा यसअघि नेकपा एमालेले औपचारिक रुपमा उम्मेदवार घोषणा गरी चुनावको तयारीमा जुटेको छ ।

एमालेले मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र लागायत दलले भने औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छैनन ।

याे समाचार पनि प‌ढ्नुहाेस् ।

धनकुटा नगरमा कांग्रेसका उम्मेदवार घोषणा (नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!