- संगालोखबर सम्वाददाता

धनकुटा । जिल्ला कारागार धनकुटामा रहेका चार जना कैदीबन्दी गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा भएर सोमवार कैद मुक्त भएका छन । ४० प्रतिसत कैद भुक्तान गरेका चार जना पुरुष कैदीको कैद मिनाहा भएको जिल्ला कारागार कार्यालय धनकुटाले जनाएको छ ।

कर्तब्य ज्यान मुद्धाका दुईसहित सवारी ज्यान मुद्धा र बहुविवाह मुद्धाका एक/एक जना कैद मिनाहा भएर छुटेको जिल्ला कारागार कार्यालयका प्रमुख जेलर ईश्वरी प्रसाद रेग्मीले जानकारी दिए ।

Advertisement

उनका अनुसार कैदमुक्त हुनेमा कर्तब्य ज्यान मुद्धामा सजाय भुक्तान गर्दै आएका धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका–६ का निरज फाङ्चु राई र चौबिसे गाउँपालिका–४ का राजबहादुर तामाङ्ग छन । अदालतले राईलाई २० बर्ष र तामाङ्गलाई १० बर्ष कैद सजाय तोकेको थियो ।

धनकुटा जिल्ला कारागार । तस्वीर-संगालोखबर

त्यस्तै सवारी ज्यान मुद्धामा जेल परेका साँगुरीगढी गाउँपालिका–२ का ज्ञान बहादुर लिम्बु र बहुबिबाह मुद्धामा जेल परेका साँगुरीगढी–८ का बिशाल कार्की पनि कैद मिनाहा पाएर जेल मुक्त भएका हुन ।

सवारी ज्यान मुद्धाका लिम्बुलाई १ बर्ष ११ महिना र बहुबिबाह मुद्धाका कार्कीलाई १ बर्ष ५ महिनाको सजाय तोकिएको भएपनि उनीहरु कैद अवधी पुरा नहुँदै कैद मिनाहा पाएर छुटेका छन ।

मन्त्रीपरिषद्को निर्णय अनुसार गणतन्त्र दिवसको अवसरमा उनीहरुको कैद मिनाहा भएको हो । सरकारले हरेक बर्ष गणतन्त्र दिवससहित बिशेष अवसरमा केही कैदीबन्दीलाई कैद मिनाहा गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!