उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

विराटनगर बरगाछीबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ९९९८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!