पाँचथरमा नेटवर्किङकाे बिजनेस गर्ने एक ब्यक्ति पक्राउ

पाँचथरमा नेटवर्किङकाे बिजनेस गर्ने एक ब्यक्ति पक्राउ

पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाममा विभिन्न प्रलोभन देखाई नेटवर्किङ विजनेस गर्दे आएका एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम १ का दिपक धमला रहेका छन् । उनलाई प्रहरीले आज विहान सदरमुकामवाट आइवोस ग्लोवल मार्के्टिङको नाममा विभिन्न सामाग्रीहरु विक्रि गर्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले वताउनुभयो । पक्राउ परेका धमलाला...
तमोर नदीमा बगेर ५ बर्षीया बालिका बेपत्ता

तमोर नदीमा बगेर ५ बर्षीया बालिका बेपत्ता

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाट स्थित तमोर नदीमा बगेर आज एक बालिका बेपत्ता भएकी छन । भोजपुर मानेभन्ज्याङ घर भई हाल साँगुरीगढी गाउँपालिका–१ उखुडाँडाँ बस्दै आएका ज्ञानबहादुर श्रेष्ठकी ५ बर्षीया छोरी स्नेहा श्रेष्ठ नदीमा बेपत्ता भएकी हुन । मुलघाट स्थित कौशिका आधारभुत बिद्यालयमा अध्ययनरत बालिका स्कुल नगई दाजु र साथिहरुसँग पौडी खेल्न गएका वेला बिहान करिव ११ बजे नदीले बगाएको मुलघाट प्रहरी चौकीक...
पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

झापा । “भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपथ्र्यो । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ ।” “तँ स्कूल गइस् भने भाइ कस्ले हेर्छ रु भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो”, बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी ...
सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफैं अनियन्त्रित भई पल्टिएको थियो । शव परीक्षणका लागि राजवि...
भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुर २३ भदौ । भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । पौवादुम्मा गाउपालिका–१ श्यामशिलाका धन वहादुर तामाङका १२ वर्षीय छोरा निरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका–९ र १० को सिमनामा रहेको नागदह खोलामा पौडी खेल्ने क्रममा डुवेर तामाङको मृत्यु भएको हो । भोजपुर सदरमुकामको सगरमाथा वोर्डिङ्ग स्कुलमा कक्षा–७ मा अध्ययनरत उनी परीक्षा दिएर घर फर्कने क्रममा साथीस...
धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटा, २२ भदौ । १४ औं निजामती सेवा दिवसको अवसरमा बिहिबार धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगतदान गरेका छन । नेपाल निजामती कर्मचारी संगठन धनकुटाले जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा निजामती कर्मचारीसहित अन्य ब्यक्तिले पनि रगतदान गरेका थिए । रक्तदान अघि धनकुटा बजारमा प्रभातफेरी निकालिएको थियो । भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी मदनचौकमा...
अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका र खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको सिमा स्थित फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।  धनकुटा नगरपालिका–९ स्थित बेलाहारा बेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले ट्याक...
इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्य...
चुनावअघी नै एमालेले गर्याे १३६ मध्ये ७०वटा स्थानीय तहमा जितकाे दाबी

चुनावअघी नै एमालेले गर्याे १३६ मध्ये ७०वटा स्थानीय तहमा जितकाे दाबी

लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।  नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स...
झापामा ७ बर्षीया बालीकालार्इ बलात्कार गरेकाे आरोपमा किशोर पक्राउ

झापामा ७ बर्षीया बालीकालार्इ बलात्कार गरेकाे आरोपमा किशोर पक्राउ

झापा। छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।झापाको भद्रपुर–५ नयाँ बजारस्थित एक मुस्लिम समुदायकी ७ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १४ बर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो सोही समुदायका किशोरले घर नजिकैको झाडी तिर चरा हेर्न भनी बालिकालाई लगेको र सोही मौक...
तेह्रथुमकाे स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

तेह्रथुमकाे स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

तेह्रथुम। यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ । आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको हो । स्थानीय तह आफैँले औषधि खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि पठाएको छैन । कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन...
धनकुटामा युवाहरुवीच विवादका क्रममा खुकुरी प्रहार, चारजना घाईते

धनकुटामा युवाहरुवीच विवादका क्रममा खुकुरी प्रहार, चारजना घाईते

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका–८ टेकुनालामा बिधुतको पोल लैजाने बिषयमा उत्पन्न विवाद पश्चात गएराति भएको झगडामा खुकुरी प्रहारबाट चारजना घाईते भएका छन । घाईते हुँनेमा स्थानीय युवा धनकुमार राई, असोक राई, पुरन राई र सुरवीन राई रहेको प्रहरीले जनाएको छ ।  घाईते तीन जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । घाईते धनकुमारलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जि...
मोरङको बेलबारीमा भ्यान र मोटरसाइक एक आपसमा ठोकिँदा एकको मृत्यु

मोरङको बेलबारीमा भ्यान र मोटरसाइक एक आपसमा ठोकिँदा एकको मृत्यु

मोरङ। मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२३६ नम्बरको निजी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को ९ प ८८१३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–३ का २५ वर्षीय संजोग लिम्बूको मृत्यु भएको हो । गएराति मध्यरातमा भएको दुर्घटनामा गम्...
तमोर नदीमा भेटियो बेवारिसे शव

तमोर नदीमा भेटियो बेवारिसे शव

धनकुटा, २१ भदौ । धनकुटाको मुलघाट नजिक तमोर नदीमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा शव फेला परेको प्रहरीले जनाएको छ । मंगोलियन अनुहार भएको गहुगोरो बर्णको करिव ३०–३५ बर्षीय पुरुषको शव नदिमा फेला परेको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार शव कुहिन लागेको अवस्थामा भेटिएको हो । ...
लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा

लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा

खोटाङ । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । विसं २०२८ देखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ । गत बर्ष असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको छ करोड ७...
टिकट वितरणमा विवाद: कार्यकर्ताबाटै कुटिए कांग्रेस सांसद यादव

टिकट वितरणमा विवाद: कार्यकर्ताबाटै कुटिए कांग्रेस सांसद यादव

सिरहा, २१ भदौ। स्थानीय चुनावको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा. सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । दुबैले मेयरको टिकट दाबी गरेका थिए, जसका कारण अन्य स्थानीय तहको उम्मेदवार तय भएपनि सिरहा नगरको हुन सकेन । सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । ब...
सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कविहीन भएपछि विचल्ली

सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कविहीन भएपछि विचल्ली

धनकुटा, १९ भदौ । धनकुटा र तेह्रथुमका बिभिन्न सडक मर्मतको करिव अढाई करोड रकम भुक्तानी नगरी निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएको भन्दै पीडितहरुले आन्दोलन थालेका छन । सडक मर्मतको जिम्मा लिएको काठमाडौं स्थित वाईपी कन्ट्रक्सन विरुद्ध पीडित पेटी ठेकेदार, कामदार, पेट्रोल पम्प सञ्चालक, होटल ब्यावसायी, ब्यापारी लगायतले संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन । रकम भुक्तानीको माग गर्दै उनीहरुले सिध...
जिप दुर्घटनामा एकजनाको मृत्यु

जिप दुर्घटनामा एकजनाको मृत्यु

मनाङ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् । दुर्घटनामा नेस्याङ गाउँपालिका– ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका–१ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो । नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग१ज ६३१५ नं को जीप भ्राताङ खोला नजिकै दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । जिप सडकब...
उदयपुरमा ५ बर्षीया बालिका बलात्कृत

उदयपुरमा ५ बर्षीया बालिका बलात्कृत

उदयपुर। घरमा कोही नभएको मौका पारी उदयपुरमा ५ वर्षिया बालिकालाई चक्लेट दिएर बलात्कार गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ चाँपका १८ वर्षिय होमबहादुर कार्कीले बालिकालाई जबरजस्ती करणी गरेका हुन् । इस्लाम धर्मावलम्बीहरुको दोश्रो ठुलो पर्व ईद–उल–अजाद (बकर–ईद) को सार्वजनिक बिदाको दिन आईतवार दिउँसो घरमा कोही नभएको समयमा बालिकालाई चक्लेट दिएर उनकै घरमा बलात्कार गरेको बताईएको छ । स्थानीय त्रियुगा जन...
नेकपाद्धारा सप्तकोशी उच्च वाँध सम्झौताको बिरोध

नेकपाद्धारा सप्तकोशी उच्च वाँध सम्झौताको बिरोध

धनकुटा, २० भदौ । नेपाल कम्युनिस्ट पार्टीले सप्तकोशी उच्च वाँध सम्झौताको बिरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै भारत भ्रमणका क्रममा सप्तकोशी उच्च वाँध सम्बन्धी ‘राष्ट्रघाती’ सम्झौता गरेको भन्दै नेकपाले बिरोध जनाएको हो । सम्झौताको बिरोधमा धनकुटासहित पूर्वका बिभिन्न जिल्लामा पर्चा बाढेर जनतालाई जानकारी गराउँने काम जारी राखिएको नेकपाका कोशी ब्यूरो सदस्य एवं धनकुटा जिल्ला ईन्चार्ज माधव ग...
मोरङमा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार गम्भीर घाइते

मोरङमा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार गम्भीर घाइते

मोरङ । मोरङको बेलबारी नगरपालिका–८ चिसाङखोला नजिकै गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ७ प २५५९ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प ५३५४ नंको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा को ७ प २५५९ नंको मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका–२ बस्ने ३० वर्षीय अम्बिका कोइराला, उनकै श्रीमती २८ वर्षीया सम्झ...
भोजपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

भोजपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो । खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारले जानकारी दिए । शव परीक्षणका लागि ज...
कागती बेचेर पाँच वर्षमा करोडपति

कागती बेचेर पाँच वर्षमा करोडपति

सुरुङ्गा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बन्नुभएको छ । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बन्नुभएको हो । उहाँले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । २०६९ सालबाट कागतीखेती शुरु गर्नुभएका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा ...
झापामा घरबाट खसेर मजदुरको मृत्यु

झापामा घरबाट खसेर मजदुरको मृत्यु

दमक। घर बनाउने क्रममा लडेर झापाको दमकमा आज बिहान एक मजदुरको मृत्यु भएको छ । दमक–५ का हस्तबहादुर लिम्बूको घर बनाउने क्रममा झापा, कन्काई नगरपालिकास्थित सुरुङ्गा घर भएका गोपाल विश्वकर्माको लडेर मृत्यु भएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । आज बिहान १०ः४५ बजे घर निर्माणका क्रममा तेस्रो तल्लाबाट भुइँमा लडेर विश्वकर्मा गम्भीर घाइते हुनुभएपछि उपचारका क्रममा ...
तेह्रथुममा दूध उत्पादन र बजारीकरणमा दुई करोड ३४ लाख लगानी

तेह्रथुममा दूध उत्पादन र बजारीकरणमा दुई करोड ३४ लाख लगानी

आठराई।  तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि दुई करोड ३४ लाख ५३ हजार लगानी हुनेभएको छ । जिल्लाको छथर क्षेत्रलाई लक्षित गरी कृषकले व्यावसायिकरूपले दूध उत्पादन गरी बजारीकरणलाई सहज तुल्याउन उन्नति नेपालले रु एक करोड १७ लाख ७६ हजा...
अज्ञात समुहबाट स्काईभेटरमा आगजनी

अज्ञात समुहबाट स्काईभेटरमा आगजनी

उदयपुर। बैकल्पीक लोकमार्ग अन्तर्गत उदयपुर खण्डमा पार्किङ्ग गरिराखिएको एक स्काईभेटर (बाटो खन्ने मेसिन) मा आगजनी भएको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक निर्माणमा प्रयोग गरिएको स्काईभेटर उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ७ कालिखोलामा आगजनी भएको हो । सडक निर्माणको जिम्मा पाएको जेड आईइसि–शर्मा लामा जेभिको बा २ क ६५५७ नम्वरको स्काईभेटर आगो लागेको अवस्थामा फेला परेको उदयपुर प्रहरी...
धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया सफल

धनकुटाका अग्रज पत्रकार राईको मुटुको शल्यक्रिया सफल

धनकुटा, १८ भदौ । धनकुटाका अग्रज पत्रकार सञ्जयसन्तोषी राईको आज मुटुको शल्यक्रिया गरिएको छ । काठमाण्डौं स्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा अग्रज पत्रकार राईको मुटुको सल्यक्रिया भएको हो । मुटुको शल्यक्रिया सफल भएको राईकी पत्नी हिमा चेम्जोङले संगालोखबरलाई जानकारी दिईन् । ‘शल्यक्रिया सफल भयो, होस भने आएको छैन ।’ संगालोकर्मीसँग चेम्जोङले भनिन् ‘डाक्टरले भोलीमात्र होस आउँछ भनेको छ ।’ शल्...
तीन सय ५० बाढीपीडितको औषधोपचार

तीन सय ५० बाढीपीडितको औषधोपचार

सप्तरी। सुनसरी आयल सप्लार्यसको आर्थिक सहयोगमा जिल्लाका बाढीपीडितलाई निःशुल्क औषधोपचार गरिएको छ । इनरुवा नगरपालिकाको संयोजनमा आज यहाँ आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सो नगरपालिकाका– ९ र १० का ३५० बाढीपीडितले स्वास्थ्य सेवा लिएको सप्लायर्सका सञ्चालक प्रकाश मारुले जानकारी दिनुभयो । सो शिविरमा आएकामा श्वासप्रश्वास, रुघाखोकी, छाला चिलाइ र भाइरल ज्वरोका बिरामी थिए । शिविरमा विराटनगरका विभिन...
पूर्व-पश्चिम राजमार्गमा जिप दुर्घटना : घटनास्थलमै दुईको मृत्यु

पूर्व-पश्चिम राजमार्गमा जिप दुर्घटना : घटनास्थलमै दुईको मृत्यु

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु ...
संगालोखबरका सल्लाहकार अधिकारीलाई सम्मान

संगालोखबरका सल्लाहकार अधिकारीलाई सम्मान

धनकुटा १७ भदौ । पत्रकारिताका माध्यमले कला तथा साहित्यको क्षेत्रमा सेवा गरेको भन्दै संगालोखबरका सल्लाहकार रमेशचन्द्र अधिकारीलाई एक संस्थाले शनिवार सम्मान गरेको छ । त्रिवेणी नाट्य वहारा डान्स एन्ड एरोबिक सेन्टरले आफ्नो वार्षिक उत्सवको अवसर पारेर सल्लाहकार अधिकारीलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकबहादुर चुवानले खादा, टोपी तथा सम्मानपत्र प्रदान गरेका थिए । कवि तथा गी...
संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत (भिडियोसहित)

संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत (भिडियोसहित)

धनकुटा, १७ भदौ । एकल महिलाहरुको आवाजलाई वुलन्द गर्दै लोकतन्त्रको सस्थागत विकासमा समाचारका माध्यमबाट योगदान पुर्याएको भन्दै संगालोखबरका प्रधान सम्पादक रविन कटेलसहित दुई पत्रकार पुरस्कृत भएका छन । मानव अधिकारको लागि महिला, एकल महिला समुह धनकुटाले शनिवार प्रथम साधारण सभाको अवसर पारेर संगालोखबरका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक कटेल र नयाँ नेपाल विचार साप्ताहिकका सम्पादक स्मिता निरौलालाई नगदसहित ...
error: Content is protected !!