- संगालोखबर सम्वाददाता

धनकुटा, २३ भदौ । हरेक शनिवार बन्द हुँदै आएको धनकुटा बजार चाडपर्वका लागि अव खुल्ला गरिने भएको छ । आउँन लागेको बिजयादशमी, दीपावली र छैठ पर्वलाई लक्षित गरी बजार खुल्ला गरिने भएको हो ।

चाडपर्वका वेला ग्राहकको सहजताका लागि आगामी कात्तिक–९ गतेसम्म बजार खुल्ला गर्ने निर्णय भएको धनकुटा बजार ब्यावस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
धनकुटा–७ हुलाकटोलको बजार पसल । तस्वीर: रबिन कटेल/संगालोखबर

उनका अनुसार कात्तिक ११ गते शनिवारबाट भने पुनः साप्ताहिक रुपमा बजार बन्द हुँनेछ ।  बजार ब्यावस्थापन समितिको आवहनमा करिव ७ बर्ष अघि देखि हरेक शनिवार धनकुटा बजार बन्द हुँदै आएको छ ।

साताको एकदिन ब्यापारीलाई आरामका लागि भन्दै बजार ब्यावस्थापन समितिले बजार बन्द गराउँने गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!