- गोमा ढुंगाना/संगालोखबर

धनकुटा, २१ भदौ । धनकुटाको मुलघाट नजिक तमोर नदीमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । धनकुटा नगरपालिका–९ स्थित माङखोला र तमोरको दोभानमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगोलियन अनुहार भएको गहुगोरो बर्णको करिव ३०–३५ बर्षीय पुरुषको शव नदिमा फेला परेको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
धनकुटाको मुलघाट स्थित तमोर नदी । फाईल तस्वीर: संगालोखबर

उनका अनुसार शव कुहिन लागेको अवस्थामा भेटिएको हो । कान र लिंग पनि चुटिएको उक्त शवको बिभिन्न भागमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!