उदयपुर। घरमा कोही नभएको मौका पारी उदयपुरमा ५ वर्षिया बालिकालाई चक्लेट दिएर बलात्कार गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ चाँपका १८ वर्षिय होमबहादुर कार्कीले बालिकालाई जबरजस्ती करणी गरेका हुन् ।
इस्लाम धर्मावलम्बीहरुको दोश्रो ठुलो पर्व ईद–उल–अजाद (बकर–ईद) को सार्वजनिक बिदाको दिन आईतवार दिउँसो घरमा कोही नभएको समयमा बालिकालाई चक्लेट दिएर उनकै घरमा बलात्कार गरेको बताईएको छ ।
स्थानीय त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडामा कक्षा– १२ मा अध्यायनरत कार्कीले मामा भान्जीको नाता लगाउदै आएको बालिकालाई करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नबराज भट्टले जानकारी दिए ।
सधै जसो बालिकाको घरमा आउजाउ गरि रहने कार्कीले दिउँसो ३ बजेतिर बालिकाको आमा छिमेकीकोमा गएको मौका छोपि उनलाई बलात्कार गरेको पीडित बालिकाले बताईन ।
गाँउबाट आमा घर आएपछि मामाले नभन्नु भनेको छ भन्दै मेरो यहाँ दुख्यो भनि उनले आफनो गुप्ताङ्ग देखाएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । दिउँसो ३ बजेको घटना साँझ ५ बजे प्रहरीको आई पुगेकाले उद्धार गर्न सहज भएको प्रहरीको भनाई छ ।
प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थालेको छ भने बालिकाको स्वास्थ्य परिक्षण गरि उपचार भईरहेको छ । कार्की विरुद्ध जबरजस्ती करणी मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।