संगालोखबर सम्वाददाता

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका र खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको सिमा स्थित फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।

 धनकुटा नगरपालिका–९ स्थित बेलाहारा बेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रतिबन्धित ढुंगा अवैध रुपमा निकालेर लैजान लागेको थाहा पाएर साँस्कृतिक मञ्चका जिल्ला उपाध्यक्ष फत्तेमान राई नेतृत्वको टोलीले को.१ त ५४२८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर मुलघाट प्रहरी चौकीमा बुझाईएको साँस्कृतिक मञ्चका १ नम्बर प्रदेश संयोजक लाक्पा तामाङले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार ट्याक्टरसहित चालकलाई पनि प्रहरीमा बुझाईएको छ । गत साउन १ गतेबाट भदौ मसान्तसम्म खोलाबाट ढुंगा, गिटी, वालुवा निकाल्न प्रतिवन्ध लगाईएको छ । साँस्कृतिक मञ्चले भ्रष्टाचार शुन्य समाज निर्माणका लागि भन्दै खवरदारी गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!