संगालोखबर सम्वाददाता

विराटनगर, २५ भदौ । जम्मरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय समितिको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट कुमार जम्मरकट्टेल पुनः अध्यक्षमा निर्वाचित भएका छन ।

विराटनगर महानगरपालिका–१९ बैजनाथपुर स्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा भएको महाधिवेशनले १५ सदस्य समिति निर्माण गरेको हो ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा विमला जम्मरकट्टेल र श्याम जम्मरकट्टेल, महा–सचिवमा कृष्णप्रसाद जम्मरकट्टेल, सचिवमा टंकनाथ जम्मरकट्टेल र कोषाध्यक्षमा तरानाथ जम्मरकट्टेल निर्वाचित भएका छन ।

त्यस्तैगरी सदस्यहरुमा चन्द्रप्रसाद, खड्गप्रसाद, शरिता, सीता, हरीप्रसाद, गुणराज, ज्ञानप्रसाद र लोकनाथ जम्मरकट्टेल चयन भएको नव निर्वाचित अध्यक्ष कुमार जम्मरकट्टेलले संगालोखबरलाई जानकारी दिएका छन ।

मुर्ति निर्माण, सम्मान र फाउण्डेशनलाई सहयोग गरिने  

जम्मरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय समितिको तेस्रो महाधिवेशने विराटनगर महानगरपालिका–१९ बैजनाथपुर स्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा भारद्वाज ऋषीको मुर्ति निर्माण गर्ने निर्णय गरेको छ ।

त्यस्तै सामाजिक काममा क्रियासिल धुर्मुस–सुन्तली फाउण्डेशनलाई १ लाख १ हजार १ सय ११ रुपैया सहयोग प्रदान गर्ने निर्णय भएको नव निर्वाचित समितिका महा–सचिव कृष्णप्रसाद जम्मरकट्टेलले बताएका छन ।

उनका अनुसार सामाजिक काम गर्दै आएका कलाकार सिताराम जम्मरकट्टेल र कुञ्जना घिमिरे (जम्मरकट्टेल) (धुर्मस–सुन्तली) र मेमोरी किङ्ग अर्पण शर्मा (जम्मरकट्टेल) लाई सम्मान गर्ने निर्णय पनि भएको छ ।

 

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!