रबिन कटेल/संगालोखबर

धनकुटा, २४ भदौ । १ नम्बर प्रदेशका १४ जिल्लामा आगामी असोज १ गतेबाट सवारी साधनलाई हर्न बजाउँन निषेध गरिने भएको छ । सवारीको चाप बढेसँगै बढ्दै गएको ध्वानी प्रदुषण न्यूनिकरणका लागि हर्न निषेध गर्न लागिएको हो ।

धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ईलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखुम्वु र ओखलढुंगामा यो नियम लागु हुनेछ ।

Advertisement

भदौ ३१ सम्म सचेतनामुलक अभियान सञ्चालन गरेर असोज १ गतेबाट १४ वटै जिल्लामा हर्न निषेध अभियान कार्यान्वयन गरिने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार नियम उल्लंघन गरी हर्न बजाएमा प्रकृति हेरी ५ सय देखि १ हजार ५ सयसम्म जरिवाना असुल गरिनेछ ।  यो नियम सवै सावारी साधनमा लागु हुनेछ ।

तर, अत्यावश्य अवस्थामा भने हर्न वजाउँन पाईने बताउँदै क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख लम्सालले संगालोकर्मीसँग भने ‘पहाडी जिल्लाका सडकको ठुलो वा अफ्ठ्यारो घुम्ती, सवारी ठोक्किनै लागेको र यात्रु किचिने आकस्मिक अवस्था भएमा हर्न बजाउँन सकिनेछ ।’

हर्न निषेध अभियानको विषयमा धनकुटामा चालकलाई जानकारी गराईदै । तस्वीर: संगालोखबर

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले १४ वटै जिल्लाका ट्राफिक प्रहरी कार्यालयलाई यो नियम लागु गर्न पत्राचार गरिसकेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले पत्राचार गरेपछि जिल्ला–जिल्लामा सचेतनामुलक अभियान सञ्चालन भईरहेको छ ।

हर्न निषेधका लागि यातायात ब्यावसायी, सवारी चालक लगायतलाई जानकारी गराउँने काम जारी राखिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार हर्न निषेध सम्बन्धि होडिङ वोर्ड राखेर पर्चा पम्प्लेट पनि वितरण गरिदैछ । यसअघि पूर्वमा पहिलो पटक ईटहरी बजार क्षेत्रमा ०७४ साउन १९ गतेबाट हर्न निषेध गरिएको छ ।

सुरुमा परिक्षणको रुपमा लागु गरेर एक महिना अघिबाट भने कार्यान्वयनमा ल्याईएको हो । राजधानीमा पनि हर्न बजाउँन निषेध छ । सोही क्रमलाई बिस्तार गर्दै १ नम्बर प्रदेशका सवै जिल्लामा पनि यो नियम लागु गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!