झापा। छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।झापाको भद्रपुर–५ नयाँ बजारस्थित एक मुस्लिम समुदायकी ७ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १४ बर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो सोही समुदायका किशोरले घर नजिकैको झाडी तिर चरा हेर्न भनी बालिकालाई लगेको र सोही मौका छोपी बलात्कार गरेको पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

बलात्कारको शिकारमा परेकी बालिकाको स्वास्थ्यमा समस्या देखिएलगत्तै स्थानीयले उनलाई तत्काल उद्धार गरी मेची अञ्चल अस्पताल भर्ना गराएका थिए । उनको हाल मेची अस्पतालमा उपचार भइरहेको छ ।

यता घटना सार्वजनिक भएलगत्तै प्रहरीले किशोरलाई तत्काल घरबाटै पक्राउ गरेको छ । पक्राउ परेका किशोरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका किशोरको उमेर १४ बर्ष भएकोले करणी सम्बन्धी मुद्दा दर्ता नहुने भएकाले बालकलाई सुधार केन्द्रमा पठाउने तयारी भइरहेको प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!