- संगालोखबर सम्वाददाता

धनकुटा, २२ भदौ । १४ औं निजामती सेवा दिवसको अवसरमा बिहिबार धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगतदान गरेका छन ।

नेपाल निजामती कर्मचारी संगठन धनकुटाले जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा निजामती कर्मचारीसहित अन्य ब्यक्तिले पनि रगतदान गरेका थिए ।

रक्तदान अघि धनकुटा बजारमा प्रभातफेरी निकालिएको थियो ।

निजामती सेवा दिवसको अवसरमा बिहिबार धनकुटामा रक्तदान गरिदै । तस्वीर: रबिन कटेल/संगालोखबर

भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी मदनचौकमा पुगेर समापन भएपछि रक्तदान कार्यक्रम गरिएको हो ।

निजामती दिवसमा विद्यार्थीलाई पोसाक र पुरस्कार

निजामती सेवा दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी सगठनले धनकुटाका बहिरा तथा सुस्तश्रवण बिद्यार्थीलाई पोसाक र उत्कृष्ठ बिद्यार्थीलाई पुरस्कृत गरेको छ ।

छारागाउँ स्थित मार्गेश्वरी बिद्यालयका करिव २० जना बहिरा तथा सुस्तश्रवण बिद्यार्थीलाई बिद्यालय पोसाक प्रदान गरिएको हो ।

त्यस्तै चुलिवन स्थित निजामती आवासिय विद्यालयका उत्कृष्ठ आठ जना विद्यार्थीलाई पुरस्कृत गरिएको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष लावण्य प्रसाद पोख्रेलले जानकारी दिएका छन ।

धनकुटामा भएको रक्तदानको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!