पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाममा विभिन्न प्रलोभन देखाई नेटवर्किङ विजनेस गर्दे आएका एक ब्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिदिम १ का दिपक धमला रहेका छन् । उनलाई प्रहरीले आज विहान सदरमुकामवाट आइवोस ग्लोवल मार्के्टिङको नाममा विभिन्न सामाग्रीहरु विक्रि गर्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले वताउनुभयो ।

Advertisement

पक्राउ परेका धमलालाई ठगी मुद्धा अन्र्तगत मुद्धा चलाई जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले वताउनुभयो ।

धमलाले विना बिल भरपाई आइबोस कम्पनीले बजारमा ल्याएका उत्पादित सामाग्रीहरु “एन्टी रेडिएसन वायोम्याग्नेटिक”भएको भन्दै एभरेष्ट इनर्जि वाच नामको घडि लगायत व्रासलेट, चुरा, लकेट, औठि लगायतका सामग्रीहरु १० देखि ३० प्रतिशत छुटमा समुहको सदस्य वनेर विक्रि गरीरहेको वताइएको छ ।

उक्त समुहले कम्पनिका सामाग्रीहरुवाट रक्तचाप, किड्नी, प्रेसर, आँखा, नशा सम्वन्धि समस्याहरुको निदान गर्नेे आधार भन्दैै सर्वसाधारणलाई ठगी गरीरहेको मौखिक जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरीएको प्रनाउ गौतमले वताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!