वाईराज बिष्ट/संगालोखबर

भोजपुर २३ भदौ । भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । पौवादुम्मा गाउपालिका–१ श्यामशिलाका धन वहादुर तामाङका १२ वर्षीय छोरा निरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

भोजपुर नगरपालिका–९ र १० को सिमनामा रहेको नागदह खोलामा पौडी खेल्ने क्रममा डुवेर तामाङको मृत्यु भएको हो ।

भोजपुर सदरमुकामको सगरमाथा वोर्डिङ्ग स्कुलमा कक्षा–७ मा अध्ययनरत उनी परीक्षा दिएर घर फर्कने क्रममा साथीसंग पौडी खेल्न गएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!