संगालोखबर सम्वाददाता

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाट स्थित तमोर नदीमा बगेर आज एक बालिका बेपत्ता भएकी छन ।

भोजपुर मानेभन्ज्याङ घर भई हाल साँगुरीगढी गाउँपालिका–१ उखुडाँडाँ बस्दै आएका ज्ञानबहादुर श्रेष्ठकी ५ बर्षीया छोरी स्नेहा श्रेष्ठ नदीमा बेपत्ता भएकी हुन ।

Advertisement
मुलघाट स्थित पुलबाट देखिएको तमोर नदी । फाईल तस्वीर: संगालोखबर

मुलघाट स्थित कौशिका आधारभुत बिद्यालयमा अध्ययनरत बालिका स्कुल नगई दाजु र साथिहरुसँग पौडी खेल्न गएका वेला बिहान करिव ११ बजे नदीले बगाएको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेश श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार बेपत्ता बालिकाको खोजी भईरहेको छ । तर, हालसम्म कुनै पत्तो नलागेको प्रहरी सहायक निरीक्षक श्रेष्ठले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!