राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ चालकको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ ।

खाँडो नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफैं अनियन्त्रित भई पल्टिएको थियो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!