राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन गर्न पाइनन्
काठमाडौं, १० कात्तिक । राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित भएकी छन् ।
शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकेकी हुन् ।
पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो । बिमानस्थलमा उनलाई फुङलिङ नगरपालिकाका मेयर छत...

























