तेह्रथुमको आठराई गाउँपालिकालाई जग्गा दिन होडबाजी
तेह्रथुम, २७ असोज । तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ । गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र संक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो ।
गाउँपालिकाको भवन निर्माणसँगै आसपासमा बजार विकास हुने र जग्गाको मूल्य बढ्ने भएकाले निःशुल्क जग्गा दिन जग्गाधनीबीच होडबाजी चलेको हो...


















