सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता
राजविराज, २७ असोज । करिब १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् ।
जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले बताउनुभयो ।
महेश राजविराजस्थित वल्र्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्दै आएका थ...


















