- रबिन कटेल/संगालोखबर

धनकुटा, ६ कात्तिक । धनकुटा अस्पतालमा आज पेट वाहिरै आन्द्रा भएको बच्चा जन्मिएको छ । धनकुटा–७ तुलसीकुवा टोलकी १७ बर्षीया रमा लिम्बुले पेट बाहिरै आन्द्रा भएको बच्चा जन्माएकी हुन् ।

सुत्केरी वेथा लागेपछि बिहान करिव ४ बजे उनलाई जिल्ला अस्पताल ल्याईएको थियो । अस्पताल ल्याईएको केही समयपछि नै उनले पेट बाहिर आन्द्रा निश्किएको छोरी जन्माएको धनकुटा अस्पतालकी नर्सिङ ईन्चार्ज सिला सुब्बाले संगालोखबरलाई जानकारी दिईन् ।

Advertisement

उनका अनुसार २ किलो ४ सय ग्राम तौल रहेको बच्चाको नाईटोबाट सानो आन्द्रा, ठुलो आन्द्रा लगायत पेट बाहिरै निश्किएको छ ।

धनकुटा अस्पतालमा जन्मिएको पेट बाहिरै आन्द्रा भएको बच्चा ।

लिम्बुको यो पहिलो सन्तान हो । ‘बच्चा जन्मदा सुरुमा सानो आन्द्रा पेट बाहिरै थियो ।’ प्रसुतिकक्षमा खटिएकी स्टाफनर्स सुन्दरा गुरागाईले संगालोकर्मीसँग भनिन् ‘बच्चा रुन थालेपछि ठुलो आन्दा पनि पेट बाहिरै निश्कियो ।’  बच्चा रुने क्रममा अझ बढी आन्द्रा बाहिर निश्किने भएकाले उपचारका लागि तत्काल काठमाण्डौ स्थित कान्ति बाल अस्पताल पठाईएको जिल्ला अस्पतालले जनाएको छ ।

यस्तो प्रकृतिको बच्चा बिरलै मात्र जन्मने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन । ‘हजारौ बच्चा जन्मदा एक÷दुई जनामा मात्र यस्तो समस्या पाईन्छ ।’ नर्सिङ ईन्चार्ज सुब्बा भन्छिन ‘गर्भवती अवस्थामा आमाले आईरन, क्याल्सियम नखाएका कारण यस्तो समस्या देखिने गर्छ ।’

बच्चाको उपचारमा आर्थिक अभाव

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण पेट बारिरै आन्द्रा निश्किएको बच्चाको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण उपचारका लागि अन्यत्र लैजान नसक्ने अवस्था भएपछि स्थानीयबासीले रकम संकलन गरेर उपचारमा पठाएका छन ।

बच्चाको पेट बाहिर निश्किएको आन्द्रा । तस्वीर सादा बनाईएको छ ।

बजारक्षेत्रबाट १७ हजार आर्थिक संकलन गरी उपचारमा पठाईएको स्थानीय सोवित श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन । उपचारका लागि ७ नम्बरका वडाध्यक्ष जंगबहादुर राईले वडा कार्यालयबाट ५ हजार नगद उपलब्ध गराएका छन ।

बच्चालाई उपचारमा पठाउँन जिल्ला अस्पतालले बिराटनगर बिमानस्थल सम्म एम्वुलेन्सको ब्यवस्था गरिदिएको छ । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गर्नका लागि पीडित परिवारले सवैमा अपिल गरेको छ ।

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!