दमक, २९ असोज । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement

दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!