- संगालोखबर सम्वाददाता

धनकुटा, ५ कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा सोमबार (भोली) हुँन लागेको हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रमका लागि गायिका इन्दिरा जोशी आउँने भएकी छन् ।

Advertisement

हिले ब्याडमिन्टन क्लवको आयोजनामा हुँन लागेको हाउजी बिंगो खेलसँगै हुँने साँस्कृतिक कार्यक्रमका लागि गायिका जोशी आउँन लागेकी हुन । हिलेमा बन्दै गरेको कवड हल निर्माणमा सहयोगका लागि हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक हिले ब्याडमिन्टन क्लवका अध्यक्ष राम गोङ्वाले संगालोखबरलाई जानकारी दिएका छन ।

उनका अनुसार हिलेको तोङ्वा चौकमा अपरान्ह ३ बजेबाट कार्यक्रम सुरु हुनेछ । ‘चौबन्दी चोली अनि रातो घागर’, ‘उध्रेको चोली छ है तै पनि लाईन्छ’ जस्ता चर्चित गीत गाएर नेपाली गायन क्षेत्रको चर्चामा रहेकी गायिका जोशीको प्रस्तुतीसँगै स्थानीय कलाकारहरुले पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

हाउजी बिंगो खेलको बिजेताले यमाहाको स्कुटर पाउँने छन । आगामी कात्तिक २३ देखि २५ गतेसम्म हिलेमा हुँने राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताका लागि समेत सहयोग जुटाउँने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!