राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी

राष्ट्रियसभा निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी

काठमाडौं, ११ माघ। राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर १ मा १२ जना, प्रदेश २ मा ९ जना, प्रदेश ३ मा १७ जना, प्रदेश ४ मा १२ जना, प्रदेश ५ म...
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

विराटनगर, १० माघ। मोरङको सुन्दरहरैंचा नगरपालिकाका अलगअलग स्थानमा भएका घटनामा परेर बुधबार दुईजनाको मृत्यु भएको छ। सुन्दहरैंचा २ सलकपुरमा दुईवटा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ। को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल ठोक्किएर कानेपोखरी गाउँपालिका २ का ५० वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए। दुर्घटनामा परेर गम्भीर घाइत...
भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुर, १० माघ। जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन कार्यालयका वन अधिकृत रामबाबु शाहले जानकारी दिनुभयो । निर्देशिकाअनुसार सामुदायिक र निजी वनमार्फत...
डाँडागाउँमा खानेपानी आयोजना निर्माण हुँदै

डाँडागाउँमा खानेपानी आयोजना निर्माण हुँदै

धनकुटा, १० माघ । खानेपानी समस्या झेल्दै आएका महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित थामडाँडा र भञ्जयाङ्गका स्थानीयका लागि खानेपानी आयोजना सञ्चालन हुने भएको छ । थामडाडा खानेपानी तथा सरसफाई आयोजनामार्फत खानेपानी आयोजना निमार्णको काम भईरहेको छ । फण्ड बोर्ड काठमाण्डौको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा ९५ लाख ७९ हजारको लागतमा खानेपानी ब्यवस्थापन गर्न लागिएको आयोजनाका सरसफाई अधि...
दमक महोत्सवमा करिब पाँच करोडको कारोबार

दमक महोत्सवमा करिब पाँच करोडको कारोबार

दमक, १० माघ। तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभा सदस्य निरौलाले महोत्सवले आन्तरिक पयर्टनको विकाससँगै आर्थिक समृद्धितर्फ लानेमा जोड दिनुभयो । उहाँ...
धनकुटामा प्रादेशिक राजधानी माग गर्दै राति पनि प्रदर्शन (भिडियोसहित)

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै राति पनि प्रदर्शन (भिडियोसहित)

धनकुटा, ९ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आन्दोलित जिल्लाबासीले राति पनि प्रदर्शन गरेका छन् । प्रादेशिक राजधानीका लागि पटक–पटक आमहड्तालसहित ४० दिनदेखि आन्दोलित जिल्लाबासीले धनकुटा बजारमा राति पनि प्रदर्शन गरेका हुन् । सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोकेपछि धनकुटाबासी थप आक्रोशित बनेका छन् । उनीहरुले सोमबार साँझसम्म लगातार ६ दिन आमहड्ताल गरेका छन् । वार्ता वोलाएर ...
धनकुटेलीद्धारा सरकारलाई ७ दिने अल्टिमेटम

धनकुटेलीद्धारा सरकारलाई ७ दिने अल्टिमेटम

धनकुटा, ९ माघ । सरकारले १ नम्वर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आक्रोसित बनेर आन्दोलन चर्काएका धनकुटाबासीले सरकारलाई ७ दिन भित्र वार्ता वोलाएर माग संबोधन गर्न अल्टिमेटम दिएका छन् । आन्दोलन परिचालन समितिले मंगलवार धनकुटामा पत्रकार सम्मेलन गरी यस्तो अल्टिमेटम दिएको हो । आन्दोलनको निकासका लागि जिल्ला स्तरीय सरकारी अधिकारीहरुले उच्च तहका सरकारी अधिकारी, प्रदेशस्तरीय प्रदेश प्रमुख वा केन्द्रि...
ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

ताप्लेजुङ, ९ माघ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो। अहिले फुङलिङ नगरपालिको दकमल, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रहरी कार्यालय ताप्लेजुङक...
धनकुटामा छ दिनदेखि जारी निषेधाज्ञा खुल्यो

धनकुटामा छ दिनदेखि जारी निषेधाज्ञा खुल्यो

धनकुटा, ९ माघ । धनकुटामा स्थानीय प्रशासनले ६ दिनदेखि जारी गरेको निषेधाज्ञा आज अपरान्हबाट खुल्ला गरिएको छ । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो । स्थिती नियन्त्रित बनेकाले अपरान्ह ३ बजेबाट निषेधाज्ञा खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् । ‘लामो समयसम्म निषेधाज्ञाका कारण सर्वसाधरणलाई धेरै सास्त...
धनकुटामा एक घण्टा चक्काजाम

धनकुटामा एक घण्टा चक्काजाम

धनकुटा, ९ माघ । सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज धनकुटामा एक घण्टा चक्काजाम गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै ४० दिनयता निरन्तर आन्दोलन गर्दै आएका जिल्लाबासीले दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् । कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड स्थित जिरोपईन्टमा सडक अवरुद्ध गरिएको थियो । चक्काजामका कारण पूर्वी पहाडी जिल्लाबाट तराई झर्ने र तराईबाट पूर्वी...
नावालिका करणी आरोपमा दर्जी पक्राउ

नावालिका करणी आरोपमा दर्जी पक्राउ

पाँचथर, ९ माघ। नावालिकालाई करणी गरेको आरोपमा प्रहरीले पाँचथरको याङवरक गाँपालिका वडा नम्बर ४ बस्ने एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा याङवरक ४ साविक थर्पु ४ का २९ बर्षिय कविन्द्र सुन्दास दर्जी रहेका छन् । सोमबार राती आफूले चलाउँदै आएको स्कूटरमा घर पुरयाईदिन्छु भन्दै बाटोमै नावालिकालाई करणी गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका...
अदुवा निकासीमा भारतको अवरोध, भन्सार पुगिसकेका गाडी फर्काइयो

अदुवा निकासीमा भारतको अवरोध, भन्सार पुगिसकेका गाडी फर्काइयो

इलाम,९ माघ । भारतीय पक्षले नेपाली अदुवा निकासीमा अवरोध गरेको छ । जसका कारण काँकडभिट्टा भन्सारमा पुगिसकेको दश हजार टन अदुवा फर्काइएको छ । नेपाली अदुवा गुणस्तरहीन भएको र चिनियाँ अदुवा मिसाइएको भारतीय पक्षको दावी छ । यहि दावी गर्दै भारतीय पक्षले पूर्वी पहाडी क्षेत्रबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा नाका पुगिसकेका ४० वटा ट्रक दुई हप्तादेखि रोकेर राखिएको थियो । अदुवा निकासीका लागि एक स...
सातवटै प्रदेशमा सूचना आयोग आवश्यक

सातवटै प्रदेशमा सूचना आयोग आवश्यक

पाँचथर, ९ माघ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान रासससित कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । यस्तै मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको बोर्ड गठन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक नेपालीला...
नेपाली खानेतेल उद्योग संकटमा

नेपाली खानेतेल उद्योग संकटमा

पथरी, मोरङ, ९ माघ।  मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन् । अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर...
धनकुटामा पुनः निषेधाज्ञा सुरु

धनकुटामा पुनः निषेधाज्ञा सुरु

धनकुटा, ९ माघ । धनकुटामा प्रशासनले आज बिहानबाट पुनः निषेधाज्ञा जारी गरेको छ । पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधरणको दैनिकी कष्टकर भएकाले त्यसलाई मध्यनजर राख्दै हिजो अपरान्ह ३ बजेबाट १६ घण्टाका लागि निषेधाज्ञा खुल्ला गरिएको थियो । अहिले बिहान ७ बजेबाट पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार निषेधाज्ञालाई खुकुलो पारिने...
त्रिभुवन आर्मी सेमिफाइनलमा

त्रिभुवन आर्मी सेमिफाइनलमा

इटहरी, ९ माघ। त्रिभुवन आर्मी क्लब सोमबार पाहुना टोली ड्रुक युनाइटेड भुटानलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब आर्मीको बुधबार थ्रीस्टारसँग पहिलो सेमिफाइनल भेट हुनेछ । दोस्रो सेमिफाइनलका लागि मनाङ मस्र्याङदीले मंगलबार आफ्नो प्रतिद्वन्द्वी पाउने छ । आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकोताबीच ...
राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

विराटनगर, ९ माघ। विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, ...
तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी धरानमा

ललितपुर, ९ माघ। कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ । कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको सोमबार यहाँ आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल कृषि मेशिनरी व्...
भीरगाउँको धर्मोदय प्राविमा गुरागाईद्धारा अक्षयकोष स्थापना, बिद्यार्थीलाई पनि सहयोग

भीरगाउँको धर्मोदय प्राविमा गुरागाईद्धारा अक्षयकोष स्थापना, बिद्यार्थीलाई पनि सहयोग

धनकुटा, ८ माघ । धनकुटा नगरपालिका–२ भीरगाउँको धर्माेदय प्राथमिक बिद्यालयको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा ५५ हजार वरावरको अक्षयकोष स्थापना गरिएको छ । भीरगाउँ घर भई हाल धनकुटा–५ बस्दै आएका विद्यालयका संस्थापक सदस्य द्रोर्णप्रसाद गुरागाईले ५५ हजार ५ सय ५५ रुपैयाको टिकाहरी स्मृति अक्षयकोष स्थापना गरेका हुन् । सामाजिक काम गर्दै आएका गुरागाईले कक्षा ५ मा अध्ययनरत वावुआमाविहिन विद्य...
प्रदेश १ को मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट: एमाले नेता ढकाल

प्रदेश १ को मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट: एमाले नेता ढकाल

सुन्दरहरैंचा, ८ माघ। एमाले नेता भानुभक्त ढकालले प्रदेश १ कोे मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट हुँदा राम्रो हुने बताएका छन् । समावेशिताका लागि प्रदेश १ मा राई वा लिम्बू, प्रदेश २ मा मधेसी वा थारु, प्रदेश ३ मा नेवार वा तामाङ र प्रदेश ४ मा गुरुङ हुनुपर्ने पनि ढकालले बताए । मोरङको सुन्दरहरैंचामा सोमबार अत्याधुनिक सार्वजनिक शौचालय उद्घाटन गर्न आएका उनले प्रदेश १ मा आदिवासी जनजातिको बाहुल्यता रह...
माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौँ, ८ माघ।  माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सिआइएसपिआरका निर्देशक झाङ भिझियाङले हस्ताक्षर गर्...
धनकुटाको आमहड्ताल ७ दिनका लागि स्थगित, अव यस्तो छ आन्दोलनको स्वरुप

धनकुटाको आमहड्ताल ७ दिनका लागि स्थगित, अव यस्तो छ आन्दोलनको स्वरुप

धनकुटा, ८ माघ । धनकुटामा ६ दिनदेखि जारी अनिश्चितकालिन आमहड्ताल सोमबार साँझबाट स्थगित गरिएको छ । धनकुटा सदरमुकाममा साँझ सम्पन्न आन्दोलन परिचालन समितिको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् । उनका अनुसार मंगलबारबाट १२ देखि १ बजेसम्म १/१ घण्टा चक्काजाम गरिन...
धनकुटामा पाँच दिनदेखि जारी निषेधाज्ञा १६ घण्टाका लागि खुल्यो

धनकुटामा पाँच दिनदेखि जारी निषेधाज्ञा १६ घण्टाका लागि खुल्यो

धनकुटा, ८ माघ । धनकुटामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा १६ घण्टाका लागि खुलेको छ । आज अपरान्ह ३ बजेबाट बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा खुल्ला गरिएको हो । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट धनकुटामा निषेधाज्ञा जारी गरिएको थियो । पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधरणको दैनिकी कष्टकर भएकाले सर्वसाधरणको हितलाई ध्यानमा राखेर १६ घण्टाका लागि निषेधाज्ञा खोलिएको प्रमुख जिल्ला अधिकारी प्रेम...
निषेधाज्ञा र आमहड्तालले जनजीवन कष्टकर

निषेधाज्ञा र आमहड्तालले जनजीवन कष्टकर

धनकुटा, ८ माघ । लगातारको निषेधाज्ञा र आमहड्तालका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ । १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकिएको बिरोधमा गरिएको अनिश्चितकालिन आमहड्ताल आज छैठौ दिनपनि जारी छ । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट जारी गरिएको अनिश्चितकालिन निषेधाज्ञा पाँच दिन बितिसक्दासम्म पनि खुलेको छैन । निषेधाज्ञा र आमहड्तालका कारण सर्वसाधरणको दैनिकी कष्टकर बनेको हो । आमहड्तालका कारण छ द...
पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु

पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु

इलाम, ८ माघ।  इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा यस वर्षदेखि पशु विज्ञानमा पढाई शुरु भएको छ । पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो । रु ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको यो शिक्षालयमा करिब रु २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अ...
पुनःस्थापना गृह निर्माणमा सहयोग

पुनःस्थापना गृह निर्माणमा सहयोग

इटहरी, ८ माघ । धरान पुनःस्थापना गृहको जीर्ण बासस्थान टहरामा दुःखपूर्वक बसोबास गर्दै आएका २८ जना अशक्त, असहाय वृद्ध र बालबालिकाको दयनीय अवस्थालाई देखेर धरानकी मोडल तथा रेडियोकर्मी मेरिना तुम्साले घर निर्माणका लागि सहयोग गर्नुभएको छ । उहाँले हालै पुनःस्थापना गृहमा पुगेर आफूले आर्जन गरेको रु ५० हजार बराबरको सामग्री गृह सञ्चालन गर्दै आउनुभएका समाजसेवीलाई प्रदान गर्नुभयो । एक महिनाअघि काठमाडौँमा सम्पन...
वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी

वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी

धरान, ७ माघ । चारपाने झापाकी २६ वर्षीय करुणा वाग्ले (नाम परिवर्तन) लाई गत साता सुत्केरी व्यथाले च्यापेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । साँझ ७ बजेतिर ल्याइएकी अनितालाई व्यथाले च्यापेपनि नर्मल डेलीभरी हुन सकिरहेको थिएन । प्रतिष्ठानको गाईनो वार्डका चिकित्सकले करुणाका श्रीमानलाई अप्रेसन गर्न सुझाए । करुणा पहिलो पटक गर्भवती भएकाले श्रीमानले रिक्स लिन चाहेनन् ।...
धनकुटामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

धनकुटामा प्रधानमन्त्री देउवाको पुत्ला दहन

धनकुटा, ७ माघ । सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आन्दोलन चर्काएका धनकुटाबासीले आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । हुलाकटोल स्थित चुवाको बोट चौक नजिक साँझ देउवाको पुत्ला दहन गरिएको हो । पुत्ला दहन गर्दै जिल्लाबासीले सरकार बिरुद्ध प्रदर्शन गरेका थिए । देउवा सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा अस्थायी मुकाम तोकेको बिरोधमा पुनः देउवा...
धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन चर्कियो (फोटो फिचरसहित)

धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन चर्कियो (फोटो फिचरसहित)

धनकुटा, ७ माघ । प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारी प्रदर्शनमा उत्रिएपछि आज धनकुटाको माहोल असान्त बनेको छ । आन्दोलनकारीले धनकुटा बजारका दर्जन बढी स्थानमा टायर बालेर सरकारी निर्णय बिरुद्ध प्रदर्शन गरेका छन् । बिराटनगरलाई १ नम्बर प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारी निर्णय खारेज गरी धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै प्रदर्शन गरिएको हो । हुलाकटोल, चुवाको बोट चौक, मद...
प्रदेश नं १ का प्रदेशसभा सदस्यको शपथ

प्रदेश नं १ का प्रदेशसभा सदस्यको शपथ

विराटनगर, ७ माघ। प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिनुभएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाउनुभयो । सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प...
दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

इलाम, ७ माघ।  जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । हुस्सु र कुहिरोका कारण राजमार्गमा सवारी साधन एकआपसमा नदेखिएर एक्कासि ठोक्किने स्थिति आउन नदिन ट्राफिकले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्न थालेको हो । ट्राफिकले एक साताको बीचमा तीनसय भन्दा बढी ट्याक्टरमा रिफ्लेक्टर टाँसिसकेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो ...
error: Content is protected !!