- रबिन कटेल/संगालोखबर

धनकुटा, ७ माघ । प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारी प्रदर्शनमा उत्रिएपछि आज धनकुटाको माहोल असान्त बनेको छ । आन्दोलनकारीले धनकुटा बजारका दर्जन बढी स्थानमा टायर बालेर सरकारी निर्णय बिरुद्ध प्रदर्शन गरेका छन् ।

बिराटनगरलाई १ नम्बर प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारी निर्णय खारेज गरी धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै प्रदर्शन गरिएको हो । हुलाकटोल, चुवाको बोट चौक, मदनचौक, बिहीबारे हटिया लगायत स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ ।

Advertisement

सरकारी निर्णय खारेज गर, धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर जस्ता नारा लगाउँदै प्रहरी कार्यालय नजिक पनि प्रदर्शन भएको छ । प्रदर्शन चर्किएपछि दर्जनौको संख्यामा पुगेका प्रहरीले भीडलाई तितरवितर पारेका छन् ।

हुलाकटोलमा टायर बालेर प्रदर्शन गर्दै धनकुटाबासीहरु । तस्वीर : रबिन कटेल/संगालोखबर

स्थिती नियन्त्रणमा लिन प्रशासनले ठुलो संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरेको छ । दंगा प्रहरीले बजारमा गस्ती बढाएको छ ।

यसैवीच सरकारी निर्णयको बिरोधमा आज धनकुटाबासीले आधा घण्टा थाल ठटाएर सरकारको ध्यानाकर्षण गराएका छन् । ब्याङ्ग्यात्मक रुपमा घरको बरण्डा र पेटीमा बसेर दिउँसो १२ देखि साँढे १२ बजेसम्म थाल ठटाईएको हो ।

आन्दोलन हिंसात्मक बन्दै गएपछि चार दिनयता जारी निषेधाज्ञा र पाँच दिन देखिको अनिश्चितकालिन आमहड्तालका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ ।

आमहड्तालका कारण यातायात, बजारपसल, उद्योगधन्दा, शिक्षणसस्था लगायत ठप्प हुँदा सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ ।

तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!