Sangalo Khabar

सुन्दरहरैंचा, ८ माघ। एमाले नेता भानुभक्त ढकालले प्रदेश १ कोे मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट हुँदा राम्रो हुने बताएका छन् ।

Advertisement

समावेशिताका लागि प्रदेश १ मा राई वा लिम्बू, प्रदेश २ मा मधेसी वा थारु, प्रदेश ३ मा नेवार वा तामाङ र प्रदेश ४ मा गुरुङ हुनुपर्ने पनि ढकालले बताए ।

मोरङको सुन्दरहरैंचामा सोमबार अत्याधुनिक सार्वजनिक शौचालय उद्घाटन गर्न आएका उनले प्रदेश १ मा आदिवासी जनजातिको बाहुल्यता रहेकाले त्यसै समुदायबाट मुख्यमन्त्री हुनुपर्ने बताएका हुन् ।

‘संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकोेले एमालेको बहुमत भएको प्रदेश एकमा जो संसदीय दलको नेता हुन्छ उही मुख्यमन्त्री हुने हो’,मोरङ ३ बाट सांसद निर्वाचित ढकालले भने, ‘अहिले नेपाल संघीयता कार्यान्वयनको पहिलो चरणमा रहेको छ, प्रदेश एक आदिवासी बाहुल्य भएकोले आदिवासी नै मुख्यमन्त्री भएको राम्रो हो ।’

प्रदेश एकका मुख्यमन्त्रीका प्रत्यासी रहेका एमाले नेताद्वय शेरधन राई र भीम आचार्यमा को संसदीय दलको नेता हुने भन्नेमा पार्टीले केन्द्रबाटै सहमति गर्ने ढकालले बताए ।

उनले भने, ‘सहमति नहुँदा केपी ओली पनि झलनाथ खनाल कमरेडसँग चुनावै लडेर संसदीय दलको नेता चुनिनुभएको हो, प्रदेश १ को संसदीय दलको नेता चुन्न चुनाव पनि हुन सक्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement