- रबिन कटेल/संगालोखबर

धनकुटा, ८ माघ । धनकुटामा ६ दिनदेखि जारी अनिश्चितकालिन आमहड्ताल सोमबार साँझबाट स्थगित गरिएको छ । धनकुटा सदरमुकाममा साँझ सम्पन्न आन्दोलन परिचालन समितिको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो ।

आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

उनका अनुसार मंगलबारबाट १२ देखि १ बजेसम्म १/१ घण्टा चक्काजाम गरिनेछ । ७ दिनसम्म एक घण्टे चक्काजाम जारी रहनेछ ।

सरकारलाई ७ दिने अल्टिमेटम, बार्ता वोलाएर माग संबोधन नगरिए पुनः आमहड्ताल

आन्दोलन परिचालन समितिले सरकारलाई ७ दिन भित्र बार्ता बोलाएर माग संबोधन गर्न अल्टिमेटम दिएको छ ।

सो अवधिमा पनि वार्ता नबोलाए १५ गतेबाट पुनः अनिश्चितकालिन आमहड्ताल आवहान गरिने आन्दोलन परिचालन समिति सदस्य जयन्द्र प्रधानले जानकारी दिएका छन् ।

सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटाबासीले आन्दोलनलाई चर्काउँदै आमहड्ताल आवहन गरेका थिए । तर, सरकारलाई ७ दिने अल्टिमेटम दिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!