Sangalo Khabar

धनकुटा, ८ माघ । धनकुटा नगरपालिका–२ भीरगाउँको धर्माेदय प्राथमिक बिद्यालयको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा ५५ हजार वरावरको अक्षयकोष स्थापना गरिएको छ ।

भीरगाउँ घर भई हाल धनकुटा–५ बस्दै आएका विद्यालयका संस्थापक सदस्य द्रोर्णप्रसाद गुरागाईले ५५ हजार ५ सय ५५ रुपैयाको टिकाहरी स्मृति अक्षयकोष स्थापना गरेका हुन् ।

Advertisement
अक्षयकोष स्थापनाकर्ता द्रोर्ण गुरागाई । फाईल तस्वीर: संगालोखबर

सामाजिक काम गर्दै आएका गुरागाईले कक्षा ५ मा अध्ययनरत वावुआमाविहिन विद्यार्थी विवेक राईलाई १ हजार १ सय ५ रुपैया प्रदान गरेका छन् ।

विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १२ जना विद्यार्थीलाई स्टेशनरी सामग्री पनि वितरण गरेका छन् ।

यस्तै स्थानीय ज्येष्ठ नागरिक ईन्दिरा गुरागाईले छोराको सम्झनामा विद्यालयलाई ५ हजार रुपैया सहयोग गरेको विद्यालयका प्रध्यानाध्यापक ठगेन्द्र गुरागाईले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement