- देवकला कार्की/संगालोखबर

धनकुटा, १० माघ । खानेपानी समस्या झेल्दै आएका महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित थामडाँडा र भञ्जयाङ्गका स्थानीयका लागि खानेपानी आयोजना सञ्चालन हुने भएको छ । थामडाडा खानेपानी तथा सरसफाई आयोजनामार्फत खानेपानी आयोजना निमार्णको काम भईरहेको छ ।

फण्ड बोर्ड काठमाण्डौको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा ९५ लाख ७९ हजारको लागतमा खानेपानी ब्यवस्थापन गर्न लागिएको आयोजनाका सरसफाई अधिकृत चन्द्रा थापाले संगालोखबरलाई बताईन् ।

Advertisement
बन्दै गरेको खानेपानी आयोजनाको संरचना ।

जसमा फण्ड वोडको ७५ लाख ६० हजार लगानी छ । स्थानीय कालीखोलाको पानीलाई प्रयोगमा ल्याउँन लागिएको हो । गतवर्षको जेठ महिनादेखि सुरु भएको आयोजना निमार्णको काम आगामि चैत्रसम्ममा सम्पन्न हुने बताईएको छ ।

आयोजना निमार्णको काम ६० प्रतिशत पुरा भईसकेको थामडाँडा खानेपानी तथा सरसफाई आयोजनाका सरसफाई अधिकृत थापाले बताईन् । अहिले संरचना निमार्ण अन्र्तगत मुहानमा मेनपाईप लाईन राख्ने, आरविटि संरचना निमार्ण गरि पानी झारिएको छ ।

खानेपानी आयोजनावाट एक सय ५५ घरधुरी लाभान्वित हुँनेछन् । ५ वटा संस्थालाई पनि फाईदा पुग्ने बताईएको छ । सो क्षेत्रका स्थानीयले खानेपानी समस्या झेल्दै आएका छन् । कुवाको पानी उपभोग गर्दै आएको भएपनि अव घर–घरमा पानी आउने भएपछि स्थानीय हर्षित बनेका छन् ।

खानेपानीको मुहान अर्थात स्थानीय कालीखोला ।

घरैमा पानी आउने भएपछि दैनिक उपभोगमा सहज र कृषिजन्य वस्तु उत्पादनमा सहयोग पुग्ने भन्दै उपभोक्ता समिति सचिव एवं स्थानीय प्रेमबहादुर थापाले खुशी ब्यक्त गरे ।

थामडाँडा खानेपानी तथा सरसफाई आयोजनामार्फत वडामा पूर्ण सरसफाई सम्वन्धि क्रियाकलाप पनि सञ्चालन गरिएको छ । यसअघि गत पुस १७ गते वडालाई नगरकै पहिलो पूर्णसरसफाई उन्मुख वडा घोषणा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!