- संगालोखबर सम्वाददाता

धनकुटा, ८ माघ । धनकुटामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा १६ घण्टाका लागि खुलेको छ । आज अपरान्ह ३ बजेबाट बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा खुल्ला गरिएको हो ।

आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट धनकुटामा निषेधाज्ञा जारी गरिएको थियो । पाँच दिनसम्मको निषेधाज्ञाले सर्वसाधरणको दैनिकी कष्टकर भएकाले सर्वसाधरणको हितलाई ध्यानमा राखेर १६ घण्टाका लागि निषेधाज्ञा खोलिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

निषेधाज्ञाको अवधिमा पाँच जना भन्दा बढी मानिस समुहमा हिड्न र प्रदर्शन गर्न नपाईने प्रावधान छ । सर्वसाधरण सहज रुपमा हिडडुल गर्न नपाउँदा जनजीवन कष्टकर बनेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!