- संगालोखबर सम्वाददाता

धनकुटा, ७ माघ । सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेपछि आन्दोलन चर्काएका धनकुटाबासीले आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । हुलाकटोल स्थित चुवाको बोट चौक नजिक साँझ देउवाको पुत्ला दहन गरिएको हो ।

पुत्ला दहन गर्दै जिल्लाबासीले सरकार बिरुद्ध प्रदर्शन गरेका थिए । देउवा सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा अस्थायी मुकाम तोकेको बिरोधमा पुनः देउवाको पुत्ला जलाईएको हो ।

Advertisement

यसअघि बिराटनगर अस्थायी मुकाम तोकिएको दिन गत बुधबार पनि धनकुटामा देउवाको पुत्ला दहन गरिएको थियो ।

धनकुटामा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरी प्रदर्शन गरिदै । तस्वीर: रबिन कटेल/संगालोखबर

प्रादेशिक राजधानीका लागि ३७ दिनदेखि नियमित आन्दोलन गर्दै आएका जिल्लाबासीले बिराटनगरलाई अस्थायी मुकाम तोकिएपछि आन्दोलन थप चर्काएका हुन् ।

आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट जारी गरिएको निषेधाज्ञा चार दिन बितिसक्दासम्म पनि खोलिएको छैन् ।

यता आन्दोलिन जिल्लाबासीले गरेको अनिश्चितकालिन आमहड्ताल पाँचौ दिनसम्म पनि जारी छ । नियमितको निषेधाज्ञा र आमहड्तालका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!